कञ्चनपुरमा ४ जना केटाहरुले एक एकजनालाई यसरी कुटेर फालेपछि प्रहरीले पक्रिन जाँदा उल्टै प्रहरी पनि कुटेपछि..

समाज

कन्चनपुर, ९ भदौ । दोधारा चाँदनीको सुन्दरनगरबाट सोमबार प्रहरीमाथि हातपात गरिएपछि चार युवा पक्राउ परे । प्रहरी हिरासतमा राखिएका उनीहरु सबै १८ देखि २० वर्ष सम्मका छन् । प्रहरीले उनीहरु माथि अभद्र व्यवहारमा अनुसन्धान अघि बढाइएको हो ।

तिनै चार युवाको कुटपिटबाट बेहोस भएर भुँईमा ढलेका स्थानीय गणेश खत्रीको तस्बिर अहिले सामाजिक सञ्जालमा सार्वजनिक भएको छ । केही स्थानीयले उनलाई हेरि रहेको सार्वजनिक तस्बिरमा देखिएको छ ।

स्थानीय खत्रीलाई कुटपिट गरी बेहास भएपछि उनीहरु हिँडेका थिए । उनलाई कुटपिट गर्नेमा स्थानीय शिव सुनार, प्रेम सुनार, अनिल सुनार र राजेश सुनार छन् ।

कुटपिट गरी खत्रीलाई बेहोस बनाएको जानकारी आएपछि प्रहरी सहायक निरीक्षक दान सिह धामीको नेतृत्वमा प्रहरी टोली देउराली घाट पुगेको हो । प्रहरीले कुटपिटमा संलग्न चारै जनालाई खोजी गरी सोधपुछ गर्ने क्रममा उनीहरुले प्रहरीमाथि कुटपिट गरे ।

उनीहरुले प्रहरी सहायक निरीक्षक धामीको नाकमा हिर्काए । धामीको नाकबाट रगत बग्न थाल्यो । प्रहरी हवल्दार रमेशराज भारतीमाथि कुटपिट गर्दैैै कमिज च्याति दिए ।

प्रहरीमाथि आक्रमण भएपछि तत्काल चार जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय ल्याइयो । उनीहरुमाथि इलाका प्रहरी कार्यालयमा अभद्र व्यवहारको मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाईको छ ।

ती युवा र खत्रीबीच झगडाको कारण खुल्न सकेको छैन । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमर बहादुर थापाले प्रारम्भिक अनुसन्धानमा आपशी रिसिइबी हुन सक्ने देखिएको बताए । ‘के कारणले हो भन्ने त खुलेको छैन, प्रहरीले बुझ्दैछ, आपशी केही रिसिइबी हुन सक्छ’ उनले भने ।

कुटपिटबाट घाइते खत्रीको अहिले धनगढीमा उपचार भई रहेको छ । उनको घर परिवारले पनि ती युवामाथि जाहेरी दिने तयारी गरि रहेका छन् । प्रहरीले एम्बुलेन्स खोजेर खत्रीलाई उपचारका लागि धनगढी पठाएको थियो । पश्चिमटुडे

Leave a Reply

Your email address will not be published. Required fields are marked *